• २०८३ बैशाख ४ गते शुक्रवार

पर्वतमाआफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २८, पर्वत । पर्वतमाआफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक पक्राउ छ । आफ्नै ३४ वर्षीया श्रीमती सन्तु जलारीको हत्या गरेको अभियोगमा जलजला गाउँपालिका-४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

रामबहादुर आफैँले सोही ठाउँस्थित धुलेपालसिङको जंगलमा घरायसी झगडाको कारण श्रीमतीको हत्या गरेको भनी प्रहरी चौकी वारिबेनीमा जानकारी गरापछि प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस