• २०८३ असार ५ गते शुक्रवार

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २३, डोल्पा । उपल्लो डोल्पाबाट सुत्केरीको उद्धार गरिएको छ । हप्तादिन अघि सुत्केरी भएर स्वास्थ्यमा समस्या आएपछि डोल्पोबुद्ध गाउँपालिका ६, की २५ वर्षीया छेवाङ गुरुङको बुधबार साँझ हेलिकोप्टरमार्फत उद्धार गरिएको हो डोल्पा-उपल्लो डोल्पाबाट सुत्केरीको उद्धार गरिएको छ ।

हप्तादिन अघि सुत्केरी भएर स्वास्थ्यमा समस्या आएपछि डोल्पोबुद्ध गाउँपालिका-६, की २५ वर्षीया छेवाङ गुरुङको बुधबार साँझ हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । उनी हप्ता दिन अघि घरमै सुत्केरी भएकी थिइन् । स्थानीय पेमा गुरुङका अनुसार सुत्केरी भइसकेपछि स्वास्थ्यमा समस्या देखिएको र शरीर सुन्निदै गएपछि उनलाई हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस