मंसिर २३, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ। केन्द्रीय कार्यसमितिको बैठक बिहान ११:३० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्य सहभागि हुनेछन्।

१३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको सम्भवत यो अन्तिम बैठक हो। बैठक पार्टीको महाधिवेशनको तयारी र महाधिवेशनमा लैजाने एजेण्डाका विषयमा पनि छलफलमा केन्द्रित रहने उनको भनाई छ। नेपाली कांग्रेसले १४ औं महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ।
निर्वाचनका लागि भृकुटीमण्डप हलभित्र, बाहिर र सभागृहमा मतदान केन्द्र राखिनेछ। मञ्चभित्र र बाहिर ४–५ ठाउँमा श्रव्यदृश्यको व्यवस्था गरिँदै छ। महाधिवेशनमा करिब ४ हजार ७ सय प्रतिनिधि सहभागी हुनेछन्। कांग्रेस केन्द्रीय कार्यालयका सहसचिव रवीन्द्र बज्राचार्यका अनुसार भोजन, आवास र मञ्च व्यवस्थानमा झन्डै ५ करोड खर्च हुन्छ।