• २०८३ जेष्ठ २६ गते मङ्गलवार

चन्द्रगिरीमा बाबु–आमालाई चक्कु प्रहार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २१,काठमाडौँ । चन्द्रागिरी नगरपालिका–१ झ्याङ्गाझिटीमा ३२ वर्षी श्री तामाङले आफ्नै बाबु आमालाई चक्कु प्रहार गरेका छन् ।शनिवार राति मापसे गरेर छोराले चक्कु प्रहार गरेर ५३ वर्षीय बावु श्याम कुमार तामाङ र ४८ वर्षीया आमा विष्णु तामाङलाई घाइते बनाए ।


चक्कु हान्ने श्री तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । घाइते दम्पत्तिलाई कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा उपचार पछि डिस्चार्ज गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस