कार्तिक २३, मस्को । रुस र संयुक्त राज्य अमेरिकाले राष्ट्रपति भ्लादिमिर पुटिन र जो बाइडेन बीच भेटवार्ताको आवश्यकता बुझे पनि बैठकको लागि समय भने तोक्न बाँकी छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई दिएको जानकारी अनुसार दुई नेता बीच बैठक हुनु आवश्यक छ र दुई राष्ट्रपतिले संवाद जारी राख्नुपर्छ भन्ने बुझाइ छ तर अहिलेसम्म वार्ताको कुनै निश्चित समयसीमा भने तोकिएको छैन ।प्रवक्ताले पुटिन र बाइडेनले अर्को वर्षको शुरुमा भेट गर्न सक्ने सङ्केत गरेका छन् ।