• २०८३ बैशाख १६ गते बुधवार

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, काठमाडौं । प्रहरीले चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं महानगरपालिका-४ बिशालनगर डेरा गरी बस्ने गुल्मी रेसुङ्गा नगरपालिका-१० घर भएकी ४७ वर्षीया बदुनी कुवँरको कोठाबाट नगद १ लाख रुपैयाँ तथा सुनका विभिन्न गरगहना समेत गरी अन्दाजी १४ लाख ९५ हजार रुपैयाँ चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका=३२ कोटेश्वर घर भएकी २३ वर्षीया ईडेन लामा न्यौपाने र ललितपुर हात्तिवन बस्ने महोत्तरी जलेश्वर नगरपालिका-२ घर भएका २२ वर्षीय रितिक चौधरी रहेका छन् । कुवँरको कोठामा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनले काम गर्न राखेकी ईडेनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा निजले उक्त धनमाल चोरी गरी निजकै साथी रितिकलाई राख्न दिएको भन्ने खुल्न आएपछि ललितपुर सातदोवाटो चोकबाट चोरीका गरगहना सहित रितिकलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस