• २०८३ जेष्ठ ४ गते सोमवार

गृह मन्त्रालयको प्रस्ताव उल्टाउँदै प्रहरीका ४ एआईजीको सरुवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २५, काठमाडौं । सरकारले नेपाल प्रहरीका चार अतिरिक्त महानिरिक्षक (एआईजी) को सरुवा गर्दै विहीबार मात्र बढुवा गरेका एक जनाको पदस्थापन गरेको छ। स्रोतका अनुसार सरकारले हरिबहादुर पाललाई प्रहरीको कार्य विभागमा, विश्वराज पोखरेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रमुख, महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रद्युम्न कार्कीलाई र मानव स्रोत शाखामा सहकुल थापालाई पदस्थापन गरेको बताइएको छ।

विहीबारको मन्त्रिपरिषद बैठकमा पुगेको उक्त प्रस्तावलाई निर्णयसहित कार्यान्वयनको तयारी गरिएको छ। यसअघि गृह मन्त्रालयले भने एआईजीहरुमा थापालाई अपराध अनुसन्धान विभागमा पदस्थापनको प्रस्ताव गरेको थियो। यस्तै, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुखमा शाही मानव श्रोत तथा प्रशासन विभागमा पोखरेल र कार्य विभागमा कार्कीलाई प्रस्ताव गरिको थियो।
तर मन्त्रिपरिषदको बैठले गृहको प्रस्तावलाई उल्टाएको हो।

Sharing

प्रतिक्रिया दिनुहोस