• २०८३ बैशाख ८ गते मङ्गलवार

योगेश भट्टराईले खोले एमाले एकता नहुनुको मुख्य कारण

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

काठमाडौँ, २६ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) विभाजनको अवस्थामा रहेको बेला दोस्रो तहका नेताहरु पार्टी विभाजनलाई रोक्न हरसम्भव प्रयास गरिरहेका छन् । एक आपसमा कुर्सी तथा व्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन गरी लाखौं कार्यकर्ताको भविष्यलाई अन्धकार गर्ने प्रयास भइरहेको भन्दै कार्यकर्ताहरुले आक्रोस समेत जनाइरहेका छन् ।

यसै क्रममा मध्यमार्गी बाटोमा अगाडी बढ्नुभएका नेता योगेश भट्टराईले एमाले एकताको मुल जडको रुपमा आफ्नो धारणा सार्वजनिक गरेका छन । उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन, एमालेको एकताको मुल जड ?
कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।
कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।
कस्ले, किन र के कालागि गर्दैछ यो सब ?
एमाले एकताको समस्याको मुल जड यहिं छ ।
यस बिषयमा कमरेडहरु बिचमा गम्भिर छलफल हुनु र साझा निश्कर्सका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ ।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस