बैशाख २६, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका चार हजार १९८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा तीन हजार १६१, ललितपुरमा ५३३ तथा भक्तपुरमा ५०४ जना सङ्क्रमित थपिएका हुन ।
देशभरि आठ हजार ७७७ जना थपिएकोमा करिब पचास प्रतिशत सङ्क्रमित काठमाडौं उपत्यकामै थपिएका हुन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा थपिएका सङ्क्रमित अहिलेसम्मकै उच्च हो ।