बैशाख २६, काठमाडौँ । नेकपा एमालेले भोली प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने सवालमा ह्वीप जारी गरेको छ ।दलका प्रमुख सचेतक विशाल भट्टराईले आज प्रतिनिधिसभाका सांसदहरुलाई ह्वीप जारी गर्नुभएको हो ।
प्रमुख सचेतक भट्टराईले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान,२०७७ को धारा २४ बमोजिम ह्वीप जारी गर्नुभएको हो । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ ।
विज्ञप्ती
