बैशाख २६, काठमाडौं । घोचेखोलाको घट्टेटारी निवासी लोकतान्त्रिक एवम वाम राजनीतिक आन्दोलनका अगुवा डिलाराम भुसालको आईतबार निधन भएको हो ।
स्व. भुसाल युवा कालमा भारतमा सुभाष चन्द्रबोसले भारत छोडयो ब्रिटिश साम्राज्यवाद, सशस्त्र आन्दोलनमा सरिक भई ब्रिटिश पराजितपछि घर फिर्ता भएका थिए । त्यो बेला घर आएपछि मान्ने जनहरूले घर आयौँ राम्रो भयो कति ल्यायौँ पैसा? भनी सोध्दा डिलारामले भनेका थ्ए; मैले पैसा ल्याइन नेपालमा राणा शासन फालेर प्रजातन्त्र ल्याउनु पर्ने अनुभव लिएर आएको छु।
स्व. भुसाल नेपाली कांग्रेसमा २०१६ पछि नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध २०१८ पछि जन पक्षधर पंच, दुई अबधि जिल्ला किसान संघ अर्घाखाँचीको सभापति, गाउँफर्क राष्ट्रिय अभियान जिल्ला सदस्य २०४७ पछि नेकपा एमाले राजनीतिक गरेका थिए । उनका उल्लेखनीय काम, अर्घा हिलेमा सोल्जर बोर्ड स्कूल स्थापना, २०२०चैत्र २ गते मित्रलाल भुसाल, बिष्णु प्रसाद भुसाल, बिष्णु राज प्रदिप, बिष्णुभक्त धनन्जय, खुबिराम आचार्य, गुणनिधि भुसाल आदि मिलेर जनज्योति हाइस्कूल स्थापना, गुणनिधि भुसालको नेतृत्वमा चुत्राबेसी बजार स्थापनामा सहयोग २०१८ देखि ०३२ सम्म जिल्ला सदरमुकाम सन्धिखर्क ल्याउन अनबरत संघर्ष गरेका थिए ।
यस्तै इन्द्रमणि गौतमको नेतृत्वमा सदरमुकाम सन्धिखर्क ल्याउने प्रतिनिधि मण्डलमा, मित्रलाल भुसाल बिष्णु प्रसाद भुसाल टिकाप्रशाद पौडेल हिरण्डे प्रशाद आचार्य पुर्श्वोतम आचार्य खेमराज भुसाल प्रेमनारायण खनाल समेतको १७ सदस्य प्रतिनिधि मण्डलमा समिलित बनाएका थिए । सन्धिखर्क बजार ब्यबस्थापन, पाणिनी क्याम्पस स्थापना, सदरमुकाममा कार्यालयहरू निर्माणमा सकृय, आदि अर्घाखाँचीका धेरै धेरै बिकाश कार्यमा सक्रिय सहभागी भएका थिए ।
सामाजिक, राजनितिक व्यक्तित्व गुणनिधि भुसालले भने; डिलाराम भुसालको मृत्यु खबरले अर्घाखाँची जिल्लाले एउटा राजनीतिक असल मार्ग दर्शक गुमाएको छ । डिलाराम भुसालले अर्घाखाँचीबासी जनतालाई गर्नु भएको योगदान, इतिहासमा चिरकालसम्म रहनेछ लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री नेकपा एमाले अर्घाखाँचीका जिल्ला अध्यक्ष माननीय चेतनारायण आचार्य तथा नेपाली काङ्ग्रेस बरिस्ठ नेता एवम् मेयर कमल भुसाल लगायतले अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।अर्घाखाँची जिल्लाको सिङ्गो युगको अन्त्य भएको मन्त्री आचार्य बताउनुभयो मेयर भुसालले अर्घाखाँचीले मात्रै नभएर आज एउटा राष्ट्र ले एउटा सफल अभिभावक गुमाएको बताए ।