• २०८३ बैशाख ४ गते शुक्रवार

धरानबाट जुवा खेलिरहेका आठ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २९, काठमाडौं ।   सुनसरीको धरान उपमहानगरपालिका-१३ शिवधारा बस्ने ४३ वर्षीय रवि कुमार राईको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा रवि समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ९४ हजार ७ सय ५ रूपैयाँ र १५ थान कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस