२३ माघ, काठमाडौँ । आज प्रतिनिधिसभा बैठकमा मन्त्रीसँग सांसदकाे सवालजवाफ हुँदैछ । आजकाे बैठकमा ४ मन्त्रीले सांसदहरुको प्रश्नको सामना गर्ने भएका छन्। संंसद सचिवालयका अनुसार सांसदहरुको प्रश्नको जवाफ दिनेमा गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री युवराज खतिवडा, वनमन्त्री शक्तिबहादुर बस्नेत र महिला तथा बालबालिका मन्त्री थममाया थापा रहेेेका छन ।
सचिवालयका अनुसार गृहमन्त्री थापालाई निर्मला पन्त हत्या प्रकरण लगायतकाे विषयमा प्रश्न रहेकाे छ । त्यस्तै अर्थमन्त्री खतिवडालाई नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीले आफ्ना कर्मचारी र डिलरलाई विदेश भ्रमणमा पठाउँदा विदेशी मुद्रा बाहिरिएको र त्यसलाई रोक्न भइरहेको पहलको विषयमा प्रश्न गरिएकाेे छ । बैठक आज दिउँसो १ बजेकालागि बाेलाईएकाे छ ।