• २०८३ बैशाख १७ गते बिहिवार

भक्तपुरमा एकैदिन ६ जना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २६, भक्तपुर । भक्तपुरमा शनिबार एकैदिन कोरोना भाइरस संक्रमणको कारण ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण फैलिएपछि यहाँ एकैदिन शनिबार ५ पुरुष र एकजना महिला गरी ६ जना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेका मध्यपुर थिमि र सूर्यविनायकका २–२ जना पुरुष तथा चाँगुनारायणका एक जना पुरुष र एकजना महिला संक्रमितको मृत्यु भएको हो । यससँगै भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एकसय ४७ पुगेको छ। जसमा ९६ जना पुरुष र ५१ जना महिला रहेको छन्।

Sharing

प्रतिक्रिया दिनुहोस