• २०८३ बैशाख ५ गते शनिवार

महानगरद्धारा शिक्षण अस्पताललाई १० थान भेन्टिलेटर सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २६, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रि. वि. शिक्षण अस्पताल महाराजगञ्जलाई १० थान भेन्टिलेटर प्रदान गरेको छ । कोरोना संक्रमणबाट विरामीको संख्या बढ्दै गएपछि मानवीय जीवन रक्षाका लागि भेन्टिलेटर उपलब्ध गराइएको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालका निर्देशक प्रा. डा. दिनेश काफ्लेलाई सामाग्री हस्तान्तरण गर्नुभएको थियोे । त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्रा. डा. दिव्या सिंह शाह, वडा ३ का अध्यक्ष दिपक के. सी. लगायतको उपस्थिती रहेको थियो ।

सामाग्री हस्तान्तरण पछि प्रमुख शाक्यले महानगरले संक्रमण रोकथाम र नियन्त्रणमा गरेका प्रयासको चर्चा गर्दै, समुदाय स्तरमा संक्रमण घटाउने र उपचारका लागि अस्पताल जानेका लागि सुविधा बढाउने कामलाई सँगै अघि बढाउँदै लगेको बताउनुभयो । त्यस क्रममा उपप्रमुख खड्गी श्रेष्ठले, महानगरले अहिले पूर्वाधार निर्माणका काममाभन्दा महामारी नियन्त्रणमा केन्द्रीत गरेको बताउनुभयो ।

यस्तै डीन प्रा. डा .शाहले महानगरको सहयोगबाट उत्साहित भएको बताउनुभयो । त्यस्तै अस्पतालका .कार्यकारी निर्देशक प्रा. डा. काफ्लले महानगरका प्रमुख र उपप्रमुख अस्पतालमै आएर सहयोग गरेपछि आफूहरु महामारी विरुद्ध लड्न थप उत्साहित भएको बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस