फागुन २५, सप्तरी । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुरूङगा नगरपालिका-५ बस्ने २८ वर्षीय नरेश मण्डल धानुकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
धानुकले ती बालिकालाई फागुन १९ गते बेलुकी जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रानी मोरङबाट खटिएको प्रहरीले धानुकलाई बिराटनगर नगरपालिका-१५ मा लुकीछिपी हिँडडुल गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।