• २०८३ बैशाख १७ गते बिहिवार

दाङ प्रहरीले लागुऔषध नगद र अवैध कपडा सहित एक भारतीय पक्राउ

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

फागुन २५,दाङ । देउखुरीबाट लागु औषध ब्राउन सुगर तथा अवैध कपडा सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । सोमवार राती साढे १ बजेको समयमा भारतको सरावस्ती थाना भरन्गा घर बताउने हाल लमही नगरपालिका वडा नं.७ कप्तानगंजमा डेरा गरी बस्ने बर्ष २३ का शम्शाद राजा लागु औषध सँगै बिना बिल भन्सार छली ल्याएको कपडा सहित लमही नगरपालिका वडा नं. ७ कप्तानगन्जबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ ।

विषेश सुचनाका आधारमा खटिएको सिबिल प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट ५ वटा सेतो प्लाष्टिकको पोकामा रहेको व्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परी तत्काल घटनास्थलमा लगी गएको डिजिटल तौल मिसिनमा तौल गर्दा प्लाष्टिक सहित रहेको व्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ४ ग्राम ३६० मिलिग्राम, नगद २ लाख ४५ हजार र बिना बिल ल्याएको कुर्ता ३१ थान, तन्ना १० थान, धोती ३ थान सहित बरामद गरी अनुसन्धान भइरहेको दाङ प्रबक्ता डिएसपी रिजालले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस