• २०८३ बैशाख २९ गते मङ्गलवार

बालिका जबरजस्ती करणीअभियोगमा एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २५, सप्तरी। सप्तरीमा २८ वर्षीय पुरुषद्वारा एक ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् । ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुरूङगा नगरपालिका–५ का २८ वर्षीय नरेश मण्डल धानुकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

धानुकले ती बालिकालाई फागुन १९ गते बेलुकी जबरजस्ती करणी गरी फरार भएको प्रहरीको भनाइ छ । घटनाको सूचना पांप्त भएलगत्तै इलाका प्रहरी कार्यालय रानी मोरङबाट खटिएको प्रहरीले धानुकलाई बिराटनगर नगरपालिका–१५ बाट पक्राउ गरेको हो ।घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस