माघ २७, ताप्लेजुङ। आज बिहानै ताप्लेजुङमा भूकम्पको कडा धक्का महसूस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलामा केन्द्रविन्दु भएर बिहान ७ : ३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु भएको ओलाङचुङगोला चीनसँगको सिमाना हो । ताप्लेजुङ आसपासको क्षेत्रमा घरहरु हल्लिएको भए पनि के कति क्षति भए नभएको यकिन विवरण भने आइसकेको छैन ।