पुस २५, मोरङ । मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी सांसद परराष्ट्र मन्त्री भेटेपछि ओली समूहमा प्रवेश गरेकी छन । मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी मोरङकी सांसद वसन्तीदेवी यादव ओली समुहमा प्रवेश गरेकी हुन ।

आफ्नै दलभित्र अल्पमतमा परेका प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले प्रचण्ड(नेपाल समूहमा लागेका प्रदेश सभा सदस्य तान्ने क्रममा यादवलाइ तान्न सफल भएका हुन । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी मोरङकी सांसद वसन्तीदेवी यादव शनिबारदेखि ओली समूहमा खुलेकी छन्। परराष्ट्र मन्त्रीसमेत रहेका ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले भेट गरेपछि उनी सो समूहमा खुलेकी हुन्। अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ३७ मध्ये कला घले र यादव ओली समूहमा लागेका हुन्।