जनताले सडक मा राँको बालेर सरकार आयो,
तिम्लाई सिहँ दरवारमा बसालेर सरकार आयो।
शु साशनका लागि प्राणको बाझि लगाए पछि,
त्यो तानाशाह राज तन्त्र ढालेर सरकार आयो।
छाड देशको ढुकुटीमा ऐयासी गर्न तिमिहरु नि,
सिहँ दरबारमा रगतले पखालेर सरकार आयो।
फेरी प्रतिगमनको जालो बुनिदै छ हाम्रो देशमा,
जस्लाई जनताले खोला फालेर सरकार आयो।
सिति मिती आएको सम्झेर भुलपनि नगरे मित्र,
हजारौँ हजार युवाले प्राण हालेर सरकार आयो।
न ह्याप्नु हामिलाई परदेशी भनेर मुटुभित्रछ देश,
यिनै लाहुरे ले आन्दोलन थालेर सरकार आयो।
सोँच सपनामा पनि पुग्ने थिएनौ त्यो दरबार मा,
भुलेकाछौ बर्गिय संघर्ष अगालेर सरकार आयो।