पौष २५, मोरङ । मोरङको कानेपोखरी गाउँपालिका-५ भौसावारीमा स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ । शुक्रवार अपरान्ह पौने ५ बजेको समयमा ब्याक गर्ने क्रममा एकजना महिलाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार को १ क ३००९ नम्बरको जगत बोडिङ स्कुलको बसले ब्याक गर्ने क्रममा पछाडीबाट आउँदै गरेको को ८ प ७३३६ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल पछाडी सवार रहेकी स्थानीय ४० बर्षीया दिपा भट्टराईको घटनास्थलमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।