• २०८३ भाद्र १३ गते शनिवार

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २५, झापा । झापाको भद्रपुर नगरपालिका(१० बाट नियन्त्रीत लागुऔषध ब्राउनसगुर सहित २ जना पक्राउ परेका छन् । बिषेश सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले २६ ग्राम १० मिलिग्राम लागुऔषध ब्राउसुगर सहित शुक्रवार अपरान्ह ५ बजे उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-१५ का ३८ बर्षीय सुनला राजवंशी र ३२ बर्षीय उत्तम राजवंशी रहेका छन् । पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस