• २०८३ जेष्ठ २ गते शनिवार

भारतमा सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २२, काठमाडौं । भारतमा उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

इन्डियन एयर फोर्सले पनि ट्विटरमार्फत सेना प्रमुख रावतसहितको टोली रहेको एमआई-१७ हेलिकप्टर दुर्घटनामा परेको बताएको छ । दुर्घटनाग्रस्त हेलिकप्टरमा रावतसहित १४ जना सवार रहेको इन्डियन एक्सप्रेसले जनाएको छ ।

हेलिकप्टरमा सेना प्रमुख रावतकी पत्नी पनि रहेको समाचारहरुमा जनाइएको छ । दुर्घटनामा घाइते भएका कम्तीमा ३ जनालाई अस्पताल लगिएको स्रोतलाई उदृत गर्दै समाचारमा लेखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस