• २०८३ बैशाख १४ गते सोमवार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २२, कैलाली । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १६ वर्षपछि बझाङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार २०६२ सालमा घरेलु हतियारको प्रयोग गरेर एक पुरूषको हत्यामा संलग्न रहेका तत्कालीन सुवेडा गाविस-८ का ३९ वर्षीय प्रकाश रानालाई पक्राउ गरिएको हो ।

धनगढी उपमहानगरपालिका-८ को मोतिचोकमा लुकेर बसेको सूचनाका आधार कैलाली प्रहरीको समन्वयमा पक्राउ गरिएको हो । रानालाई बझाङ पुर्याएर जिल्ला कारागार चलान गरिएको छ ।

प्रहरीका अनुसार सुवेडाकै स्थानीय मिनबहादुर भण्डारीको सामूहिक हत्यामा संलग्न रानासहितका पाँच जनालाई जिल्ला अदालतले २०६६ सालमा २० वर्ष कैद सजाय सुनाएको थियो । तर अन्य चार जना प्रतिवादी अझै फरार छन् । उनीहरूको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस