• २०८३ बैशाख ४ गते शुक्रवार

अर्थमन्त्री शर्मा तातोपानी भन्सार निरीक्षणमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २२, सिन्धुपाल्चोक । अर्थमन्त्री जनार्दन शर्मा नेपाल चीनबीचको उत्तरी सीमा तातोपानी भन्सार निरीक्षण गर्न गएका छन्। सोमबार बिहान सिन्धुपाल्चोकको बाह्रबिसे तातोपानी सडक खण्ड र तातोपानी भन्सारको अवस्था बुझ्ने अर्थमन्त्री शर्मासहितको टोली त्यसतर्फ लागेको उनको सचिवालयले जनाएको छ।

सो क्षेत्रको स्थलगत जानकारी लिएपछि तातोपानी भन्सार कार्यालयमा हुने छलफलमा सहभागी हुने बताइएको छ। अर्थमन्त्री शर्मासँगै सभामुख अग्निप्रसाद सापकोटा पनि त्यसतर्फ लागेका छन्। उनीहरुले तातोपानी भन्सार र मितेरी पुलसम्मको अवलोकन भ्रमण गरी वर्तमान अवस्थाबारे जानकारी लिने बताइएको छ। पहिरोको कारण लामोसमयदेखि बाह्रबिसे तातोपानी सडक-खण्डमा सहज आवागमन हुन सकिरहेको छैन। कोभिड-१९ महामारीका कारण सीमा क्षेत्रमा गरिएको कडाईले तातोपानी नाकाबाट हुने आयात निर्यात समेत पूर्ववत अवस्थामा फर्कन सकेको छैन। दुई देशबीच व्यापारिक कारोवार शून्य भएपछि नाका सुनसान भएको छ।

कोरोना भाइरस महामारी सुरु हुनुअघि तातोपानी नाकाबाट मुलुकभरका हजारौं व्यापारी व्यापार गर्थे। अहिले उनीहरु अन्यत्र नाकाबाट व्यापार गर्दा सामान महंगो हुँदै गएको गुनासो गर्दै आएका छन्। सरकारले नाका खुलाउन चासो नदिँदा समस्या भएको उनीहरुको भनाई छ। आयात निर्यात सहज भए व्यापारी व्यवसायी तातोपानी नाकाको उपयोगमा आकर्षित हुने छन्।

Sharing

प्रतिक्रिया दिनुहोस