• २०८३ बैशाख ४ गते शुक्रवार

सबै नागरिकका लागि कोरोनाविरुद्धको खोपको सुनिश्चितता : स्वास्थ्यमन्त्री तामाङ

श्रीहरी थापा पढ्न लाग्ने समय : २ मिनेट

जेठ २५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सरकारले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोपको सुनिश्चितता गर्ने गरी काम गरिरहेको बताएका छन् । चन्द्रागिरी नगरपालिकामा नगरस्तरीय सामुदायिक भवनमा जडित अक्सिजन प्लान्टको उद्घाटन र अनुगमन गर्दै मन्त्री तामाडले खोपको सुनिश्चितता नहुन्जेलसम्म सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आव्हान गरे ।

मन्त्री तामाडले नगरपालिकाले आफ्नै लगानीमा उत्पादन गरेको अक्सिजन प्लान्टको उद्घाटन गने पाउँदा खुशी समेत व्यक्त गरे । रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु उत्तम रहेको बताउँदै मन्त्री तमाडले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउन समेत आग्रह गरे ।

No description available.

चन्द्रागिरी नगरपालिकाको नगरस्तरीय सामुदायिक अस्पतालमा दैनिक ४० देखि ४८ ठूला अक्सिजन उत्पादन गर्नसक्ने प्लान्ट जडान भएको बताउँदै प्रदेश सांसद रमा आलेले आगामी दिनमा अस्पताललाई आवश्यक उपकरण र भौतिक संरचनाको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । प्रदेश सरकार र नगरपालिकाको संयुक्त बजेटमा स्थापित अस्पताल सुधारका लागि केन्द्र सरकारसँग सहयोगको माग समेत गरिन् ।

No description available.

प्लान्ट उद्घाटन कार्यक्रममा चन्द्रागिरी नगरपालिका वडा नं।८ का अध्यक्ष सन्तोष खड्काले प्लान्ट निर्माणमा सहयोग गर्ने सहयोगी मनहरुप्रति आभार व्यक्त गर्दै आगामी दिनमा चन्द्रागिरी नगरपालिकावासीले अक्सिजन अभावमा ज्यान गुमाउनुपर्ने अवस्था नआउने बताए ।

No description available.

अध्यक्ष खड्काले निर्माण शुरु भएको १५ दिनमै अक्सिजन उत्पादन शुरु गराएका हुन् । ७४ लाखको लगानीमा निर्माण गरिएको अक्सिजन प्लान्ट मुनडप्स कम्पनीले जडान गरेको हो । विना रसायन प्राकृतिक हावाबाट नै अक्सिजन उत्पादन हुने प्लान्ट नयाँ टेक्नोलोजिको रहेको कम्पनीको दाबी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस