• २०८३ बैशाख २८ गते सोमवार

नेता रायमाझीद्वारा प्रचण्डलाई काउण्टरः माओवादी विघटन एवं विसर्जनको संघारमा पुगेको खुलासा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ २५, काठमाडौँ। नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झुटको पुलिन्दा भएको बताउनुभएको छ ।

आफु पुनः माओवादी केन्द्रमा फर्कने भनि माओवादीका नेता, कार्यकर्ता तथा केही मिडियाबाट भ्रामक प्रचार गरिएको भन्दै उहाँले माओवादी राजनीतिक तथा बैचारिक रुपमा नै विचलित भई सिंगो पार्टीलाई नै विघटन एवं विसर्जनको दिशामा प्रचण्डले अगाडी बढाएको आरोप लगाउनुभयो । प्रचण्डमा रहेको कुर्सी मोह, पदलोलुपता, अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण माओवादी विसर्जनको दिशामा अगाडी बढेको बताउनुभयो ।

उहाँले हिजो विज्ञप्ती जारी गर्दै भन्नुभएको छ, ‘पछिल्लो समय केहि सञ्चार माध्यमहरुबाट मेरो नाम जोडेर नेकपा (माओवादी केन्द्र) मा फर्किन लागेको भनेर आएका आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । क. प्रचण्डमा रहेका कुर्सी मोह (पदलोलुपता), अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशामा अगाडि बढाउदै कांग्रेस सभापतिको शरणामा पुगेको स्थिति छ ।

सुशासन सहितको स्थिरता मार्फत मुलकमा दिगोरचौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागी अहिले हामी क। केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसंग एकता र सहकार्यको प्रक्रियामा नै रहेकोले औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयू बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यन्त्रपूर्ण झांसामा नआउन सम्पूर्ण आदरणीय देशभक्त एवं प्रगतिशील महानुभावहरुरजनसमुदायमा हार्दिक अनुरोधरअपिल छ ।’

Sharing

प्रतिक्रिया दिनुहोस