जेठ २८, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टिम जनकपुर बोल्टसले तेस्रो सिजनको लागि पाँच खेलाडी रिटेन गरेको छ । जनकपुरले मार्की खेलाडी रहेका आसिफ शेखलाई रिलिज गरेको छ ।

जनकपुर बोल्ट्सले ललित राजवंशी, अनिलकुमार शाह, मयन यादव, विकास आग्री र आदित्य महतालाई रिटेन गरेको छ । जनकपुर बोल्ट्सले ५ जना रिटेन गर्दा मार्की आसिफसहित ७ खेलाडीलाई रिलिज गरेको छ ।
जनकपुरले किशोर महतो, शुभ कंसाकर, तुलबहादुर थापा, पप्पु यादव, सचिन भट्ट र रुपेश सिंहलाई रिलिज गरेको हो । जनकपुरले ७ जना रिटेन गर्न पाउने नियम भए पनि ५ जनालाई मात्र रिटेन गरेको छ ।