• २०८३ बैशाख ८ गते मङ्गलवार

गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ११, दमक । झापाको दमकमा टाटा सुमो गाडीले ठक्कर दिँदा एकजना साइकलयात्रीको मृत्यु भएको छ । शनिबार बिहान झापाको कमल गाउँपालिका ५ स्थित सडकखण्डमा पूर्व जाँदै गरेको मे१ज २००४ नम्बरको टाटा सुमोले बाटो काट्दै गरेका कमल ६ बस्ने ५३ वर्षीय साइकलयात्री झुलानाथ खनाललाई ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

ठक्करबाट सख्त घाइते भएका खनालको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने सुमो र त्यसका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस