• २०८३ बैशाख १० गते बिहिवार

विदेशबाट आउनेले दुईपटक पीसीआर परीक्षण गर्नुपर्ने

पत्रपत्रिका पढ्न लाग्ने समय : ३ मिनेट

जेष्ठ २५, काठमाडौँ । विदेशबाट आउने यात्रुले आफ्नै खर्चमा अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने, दुई पटक पीसीआर परीक्षण गर्नुपर्ने र त्यसको सबै खर्च सम्बन्धित व्यक्तिले नै व्यहोर्ने गरी नयाँ मापदण्ड जारी भएको छ । जनस्वास्थ्यका मापदण्ड पालना गरेर सातामा ५ वटा अन्तर्राष्ट्रिय उडान अनुमति दिने जेठ १३ गतेको निर्णयअनुसार मन्त्रिपरिषद् बैठकले ‘नेपाली तथा विदेशी नागरिक विदेशबाट नेपालआउँदा पालना गर्नुपर्ने २८ बुँदे मापदण्ड–२०७८’ ल्याएको हो ।

सरकारले तोकेको क्वारेन्टाइन, होम क्वारेन्टाइन, यात्रुको व्यवस्थापन, होटल क्वारेन्टाइन अवधि व्यवस्थापन, होम क्वारेन्टाइन निगरानी र अन्य विषय समेटिएका ६ वटा क्षेत्रका २८ बुँदामा मापदण्डलाई समेटिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय र कोभिड संकट व्यवस्थापन केन्द्र लगायत सम्बन्धित निकायको समन्वयमा मापदण्डको मस्यौदा बनाएर स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको थियो । मस्यौदालाई स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले मापदण्ड जारी गरेको हो । मापदण्डको पालना गर्नेलाई मात्रै नेपाल आउन अनुमति प्रदान गर्न विदेशस्थित कूटनीतिक नियोगहरूलाई परिपत्र गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले मापदण्ड कडाइका साथ पालना गर्न सबै निकायले आ–आफ्नोतर्फबाट संयन्त्रलाई क्रियाशील बनाएको बताए । मापदण्डको उल्लंघन गरिए कोभिड–संकट व्यवस्थापनसम्बन्धी अध्यादेशका प्रावधानअनुसार कैद र जरिवाना गरिने उनले जनाए । अब नयाँ मापदण्डअनुसार हवाईमार्गबाट नेपाल आउँदा सम्बन्धित विदेशी र नेपाली यात्रुले फोटो र बारकोडरक्यूआरकोडसहितको नेगेटिभ पीसीआर रिपोर्ट, १० दिन क्वारेन्टाइनमा बस्न होटल बुकिङ गरेको प्रमाणका आधारमा मात्रै विदेशबाट नेपाल आउन अनुमति दिइनेछ । मापदण्डअनुसार नेपाल आउने यात्रुले १० दिन होटलरक्वारेन्टाइनमा बस्दाको सबै खर्च आफैं व्यहोर्नुपर्नेछ । क्वारेन्टाइनमा बसेको ४ दिन र एघारौं दिनमा पीसीआर परीक्षण गर्नुपर्नेछ । खाडी मुलुक र मलेसियाबाट आएका नेपाली श्रमिकको हकमा भने ५ दिन क्वारेन्टाइनमा बसेर पीसीआर नेगेटिभ आएपछि गन्तव्यमा जान दिइनेछ ।

गन्तव्यमा जानुअघिको क्वारेन्टाइनमा बस्दाको खर्च पनि सम्बन्धित व्यक्तिले नै व्यहोर्नुपर्ने व्यवस्था मापदण्डमा छ । सरकारी कामका सिलसिलामा विदेश गएर फर्किएका सरकारी कर्मचारी तथा सुरक्षाकर्मीले पनि पीसीआर परीक्षण र शुल्क आफैं व्यहोर्नुपर्नेछ । कूटनीतिक नियोगका कर्मचारी तथा उनीहरूका परिवारले सम्बन्धित दूतावासको सिफारिसअनुसार गन्तव्यसम्म जान पाउने छन् ।

उनीहरूलाई सम्बन्धित कार्यालयको सिफारिसमा १० दिन होम क्वारेन्टाइनमा बस्न जान अनुमति दिइनेछ । विदेशबाट आउनेलाई क्वारेन्टाइनका लागि होटलसम्म लैजाने, तोकिएको अवधिसम्म क्वारेन्टाइनमा बसे–नबसेको अनुगमन, क्वारेन्टाइनमा बस्दा बिरामी भएमा उपचारको व्यवस्था, अवधि पूरा गरेकालाई गन्तव्यसम्म जान सहजीकरण एवं मापदण्ड पालना नगर्ने होटल सञ्चालकलाई कारबाही सिफारिसलगायतको जिम्मा सीसीएमसीले गर्ने छ ।

त्यस्तै होटलरक्वारेन्टाइनको सूचीकरण गर्न पर्यटन विभागको समन्वयमा नेपाल पर्यटन बोर्डलाई दिइएको छ । घना बस्ती भएका कारण सुन्धारा, ठमेल, गोंगबु र कलंकी क्षेत्रका होटललाई कोभिड डेडिकेटेड क्वारेन्टाइन बनाउन रोक लगाइएको छ । क्वारेन्टाइनमा बसेको अन्तिम दिन पीसीआर रिपोर्ट पोजिटिभ आएमा कोभिड–संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले तोकेको आइसोलेसन सेन्टर, तोकिएको अस्पताल वा होटल आइसोलेसनमा बस्नुपर्ने छ ।

काजकिरियाका लागि आएका, दीर्घरोगी, शारीरिक अशक्त र बिरामीसँगै आएका हेरालुरसहयोगीरकुरुवा, ७५ वर्षमाथिका ज्येष्ठ नागरिक, ५ वर्षमुनिका नाबालकसँगै आएका आमारबाबुलाई भने स्थानीय तहको सिफारिसका आधारमा १० दिन होम क्वारेन्टाइनमा बस्ने गरी गन्तव्यमा जान दिइनेछ । काजकिरियामा आउनेले ११ दिन र अन्यले ४ र ११ दिनमा आफ्नै खर्चमा पीसीआर परीक्षण गर्नुपर्ने छ । त्यसको अनुगमन स्थानीय तहबाट गरिने व्यवस्था मिलाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जेठ १८ देखि असार १६ सम्म सातामा ५ वटा अन्तर्राष्ट्रिय उडान गर्न नेपाल एयरलाइन्ससहित ४ वटा हवाई कम्पनीलाई अनुमति दिइसकेको छ ।

विदेशबाट हरेक बिहीबार टर्किस एयरलाइन्सलाई इस्तानबुल–काठमाडौं–इस्तानबुल, नेपाल एयरलाइन्सलाई सोमबार काठमाडौं–दोहा–काठमाडौं, सोमबारै कतार एयरलाइन्सलाई दोहा–काठमाडौं–दोहा, बुधबार नेपाल एयरलाइन्सलाई काठमाडौं–दिल्ली–काठमाडौं र हरेक हरेक शुक्रबार एयर इन्डियालाई दिल्ली–काठमाडौं–दिल्ली उडान अनुमति दिइएको छ । यो समाचार आको कान्तिपुर दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस