• २०८३ जेष्ठ २२ गते शुक्रवार

मन्त्रिपरिषद् निर्णय : वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको कोरोना विशेष अस्पताल बनाउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २५, काठमाडौँ, । सरकारले वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको युनिफाइड कोभिड–१९ केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

त्यसले अरू अस्पतालहरूको पनि समन्वय गर्ने जनाइएको छ । केही दिनअघि सीसीएमसीको बैठकले वीर अस्पतलालको नयाँ भवनलाई कोभिड–१९ विशेष अस्पताल बनाउनका लागि मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । आज साँझ बालुवाटारमा बसेको बैठक कोभिड–१९ नियन्त्रणकै विषयमा केन्द्रित रहेको उहाँले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस