बैशाख २५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ३७० जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म दुई लाख ९८ हजार ७६५ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हाल निको हुने दर ७७.४ प्रतिशत छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १७ हजार ३१५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार २८७ मा सङ्क्रमणको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा ९८९ जनाको एन्टीजेन परीक्षण गरिएकोमा १३१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । हाल ८३ हजार ४९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय अवस्थामा छ । ३९८ जना हाल क्वारेन्टिनमा छन् । हालसम्म १६ लाख १५ हजार ७२० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।