बैशाख २५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५३ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा तीन हजार ६३२ जनाले ज्यान गुमाएका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १७ हजार ३१५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार २८७ मा सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमितको संख्या तीन लाख ८५ हजार ८९० पुगेको जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा ९८९ जनाको एन्टीजेन परीक्षण गरिएकोमा १३१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । हाल ८३ हजार ४९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय अवस्थामा छ । ३९८ जना हाल क्वारेन्टिनमा छन् । हालसम्म १६ लाख १५ हजार ७२० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।