• २०८३ बैशाख २७ गते आइतवार

बैशाख १७ र २७ गते निर्वाचनको तयारीमा नेपाल प्रहरी सुरक्षा कडा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २४, काठमाडौं । सरकारले आगामी बैशाखमा घोषणा गरेको मध्यावधि निर्वाचनलाई लक्षित गदै नेपाल प्रहरीले तयारी तीब्र पारेको छ । प्रहरी प्रधान कार्यालयको कार्य तथा अपराध अनुसन्धान विभागका प्रमुख एआईजी विश्वराज पोख्रेलको नेतृत्वमा चुनावी सुरक्षा रणनीतिको खाका बनाउने काम सुरु भएको छ ।

यही पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै सरकारले आगामी बैशाख १७ र २७ गते गरी दुई चरणमा मध्यावधि निर्वाचन घोषणा गरेको छ । सरकारको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले प्रारम्भिक खाका बनाउन सुरु गरेको हो । चुनावी सुरक्षाका लागि आवश्यक पर्ने सामग्री, जनशक्ति, संवेदनशील क्षेत्रहरुको पहिचान लगायतको काम सुरु गरिएको एआईजी पोखरेलले बताए । विगतको चुनावी सुरक्षा रणनीतिलाई आधार मान्दै आगामी चुनावको सुरक्षा रणनीतिको खाका बनाउन सुरु गरिएको उनको भनाई छ ।

यस पटकको चुनावमा पनि प्रहरी प्रधान कार्यालयले प्रतिवन्धित नेत्रविक्रम चन्द समूहलाई चुनौती ठानेको छ । अघिल्लो चुनावमा पनि प्रतिवन्धित नेत्रविक्रम चन्द समूहले बम विष्फोट, उम्मेद्वार लक्षित आक्रमण गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस