फागुन १८, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ सय २७ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७७ हजार १ सय ९९ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ७ सय ७० जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ सय २१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ५७ हजार ४ सय ८८ जना रहेको छ । आज ३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४१ जना पुगेको छ ।