• २०८३ बैशाख १८ गते शुक्रवार

इलाममा ट्रक प’ल्टिँदा एकको मृ’त्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २४, इलाम । इलामको माङ्सेबुङ् गाउँपालिकाको भोटेडाँडामा बिहीबार साँझ ट्रक प’ल्टिदा एक जनाको मृ’त्यु भएके छ । दुर्घटनामा उक्त ट्रकका सह–चालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ का ३५ वर्षीय किरण राईको मृ’त्यु भएको हो ।

प्रहरीका अनुसार रवि–दमक कच्ची सडक खण्डअन्तर्गत रविबाट दमकतर्फ आउँदै गरेको ना ३ ख २०३ नम्बरको ट्रक साँझ ६ बजेतिर आफै अ’नियन्त्रित भएर दु’र्घटनामा परेको थियो । दु’र्घटनामा परेर ग’म्भीर घा’इते भएका उनको उ’पचारका लागि लैजाँदै गर्दा बाटैमा ज्या’न गएको हो ।

दु’र्घटनामा परेर चालक ताप्लेजुङ डाँडागाउँका २० वर्षीय प्रमोद श्रेष्ठ घा’इते भएका छन् । उनको उप’चार जारी रहेको र घ’टनाको अ’नुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस