• २०८३ बैशाख ७ गते सोमवार

चन्द्रागिरिमा ४ लाख ४३ हजार ५०३ नगदसहित १६ जुवाडेलाई पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २१, काठमाडौं ।  काठमाडौंको चन्द्रागिरि नगरपालिकाबाट पनि प्रहरीले ४ लाख ४३ हजार ५०३ नगदसहित १६ जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत थानकोट तथा प्रभाग बलम्बुको टोलीले चन्द्रागिरि नगरपालिकाको पुरानो नैकापस्थित शंकर थापाको घरमा जुवा खेलिरहेको अवस्थामा गएराति ९ बजे १६ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जुवा खेलिरहेका १६ जनालाई सात बुक ताससहित नियन्त्रणमा लिएको बताउनुभयो ।

पक्राउ परेकाहरुसँग प्रहरीले नगद, २० बुक तास र विभिन्न कलरका क्वाइन बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस