• २०८३ भाद्र ५ गते शुक्रवार

आज मन्त्रिपरिषदले पूर्णता पाउँछ :अध्यक्ष दाहाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २१, काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद विस्तार हुन सक्ने बताएका छन् । आज पचली टिभीको उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै उत्पीडित समुदायलाई, विशेष गरी महिलालाई, अगाडि ल्याउन नयाँ प्रयास गरेको बताए ।

यही प्रयास अनुसार माओवादी केन्द्रको तर्फबाट मन्त्रिपरिषदमा ५० प्रतिशत महिलालाई पठाउने निर्णय गरेको प्रचण्डको भनाइ छ । उनले भने– उस्तै परे आज शपथ ग्रहण हुन्छ होला, पूर्णता(मन्त्रिपरिषदले)पाउँछ । माओवादी केन्द्रले बुधबार तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको थियो ।

माओवादीले देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशी श्रेष्ठलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्रीमा सिफारिस गरेको थियो । सरकारमा पहिलेदेखि नै माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल छन् ।

 

Sharing

प्रतिक्रिया दिनुहोस