• २०८३ बैशाख १६ गते बुधवार

लाइसेन्स बनाइदिन्छु भन्दै रकम लिने पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौँ, २८ पौष । नेपाल प्रहरीले रकम लिएर सवारी अनुमतिपत्र (लाइसेन्स) बनाइदिने एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले रकम लिएर लाइसेन्स बनाउने सुजुकी ड्राइभिङ स्कूल एकान्तकुनाका सवारी चालक तनहुँका ३८ वर्षीय भरत बस्नेतलाई आइतबार एकान्तकुनाबाट पक्राउ गरेको हो ।

उनले रु पाँच हजार लिएर ट्रायल पास गराइदिने भनेर धनुषाका २६ वर्षीय अमित शाहसँग रकम लिएका थिए । पक्राउ परेका बस्नेतलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त सातदोबाटो पठाइएको महाशाखाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस