भदौ ५, काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । शुक्रवार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाएको हो ।

बैठकमा समितिका सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । पार्टीभित्रको आन्तरिक विवाद चर्किएको बेला अनुशासन समितिको बैठक बोलाइएको छ ।