• २०८३ कार्तिक २५ गते मङ्गलवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २२, बाजुरा । प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा बाजुराबाट एक जनालाई पक्राउ गरेको छ । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुढिनन्दा नगरपालिका-७ जेठारीबाडा बस्ने २७ वर्षीय घमण्ड जेठारालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ती महिलाको घरमा कोही नभएको अवस्थामा ढोका फोडी घरभित्र पसेर जेठाराले आइतबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट पाण्डुसैनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस