• २०८३ बैशाख ८ गते मङ्गलवार

देउवा सरकारले राष्ट्रियता जोगाउन सकेन : ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार राष्ट्रियता जोगाउनबाट चुकेको आरोप लगाउनु भएकाे छ । पोखरामा मंगलबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दैै उहाँले नेपालको भूमिमाथि बिना अनुमति भारतीय हेलिकाेप्टर उडाइएको विषयमा मौन बसेको आरोप लगाउनु भयाे ।

‘नेपालको आकाशमा भारतीय हेलिकप्टर उडेको विषयमा सरकार मौन बस्यो, यो सरकारले राष्ट्रियता जोगाउन सकेन’, ओलीले भन्नु भएकाे छ । बेपत्ता जयसिंह धामीको परिवारलाई न्याय दिनबाट पनि सरकार चुकेको ओलीको आरोप छ ।

अफगानिस्तानबाट नेपाली उद्धार गर्न पनि सरकार जिम्मेवार बन्न नसकेको आरोप लगाउनु भएका ओली भन्नुहुन्छ, ‘अफगानिस्तानबाट नेपालीको उद्धार गर्नुपर्दैन ? तालिवानलाई फोन सम्पर्क गर्नुपर्दैन ?’

Sharing

प्रतिक्रिया दिनुहोस