• २०८३ बैशाख ४ गते शुक्रवार

देउवालाई अभिभावकीय भूमिकामा रहन काँग्रेसको आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ३, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टी एकता कायम राख्न अपिल गरेको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता दिएपछि शनिबार बसेको केन्द्रीय समिति बैठकले पार्टी एकता कायम राख्न अपिल गरेको हो ।

प्रवक्ता देवराज चालिसेले पार्टीका एकता र सद्भावलाई कायम राख्दै उचाइमा पुर्‍याउन हार्दिक अपिल गर्ने निर्णय गरेको जानकारी दिएका छन् । पार्टीले निवर्तमान केन्द्रीय सदस्यहरूलाई पनि कांग्रेसलाई बलियो बनाउने भूमिकामा खेल्न आग्रह गरेको चालिसेले जानकारी दिए ।

साथै बैठकले निवर्तमान सभापति शेरबहादुर देउवालाई अभिभावकीय भूमिका रहन आग्रह समेत गरेको छ । सभापति देउवाले पार्टीलाई लामो समयसम्म दिएको योगदान र नेतृत्वलाई पनि पार्टीले उच्च मूल्यांकन गरेको प्रवक्ता चालिसेले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस