• २०८३ जेष्ठ १६ गते शनिवार

नुवाकोटमा पहिरोले दुई घर बगायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २२, नुवाकोट । अविरल वर्षासँगै आएको पहिरोले नुवाकोटको गेर्खुमा दुई वटा घर बगाएको छ । विदुरदेखि २० किलोमिटर उत्तरमा रहेको विदुर नगरपालिका वडा नं. ११ माझ गेर्खुमा सोमवार राति करिव ११ वजे घरमाथिवाट आएको पहिरोले स्थानीय खिलप्रसाद न्यौपानेको घरसहित कुखुराफार्म बगाएको हो ।

उनको दुई वटा घरसहित कुखुरा फार्म वगाउँदा कुखुरासमेत मरेको छ । पहिराका कारण स्थानीय ६ जनाको घर उच्च जोखिममा रहेको छ । पहिराका कारण स्थानीय ठगप्रसद न्यौपाने, भुमराज न्यौपाने, हेमप्रसाद न्यौपाने, होमप्रसाद न्यौपाने, वद्रीप्रसाद न्यौपाने र मेघनाथ न्यौपानेको घर उच्च जोखिममा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस