• २०८३ भाद्र ५ गते शुक्रवार

टोकियो ओलम्पिक : उपाधिका लागि स्पेन र ब्राजिल आज भिड्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन, २३ काठमाडौं । टोकियो ओलम्पिकमा आज पुरुष फुटबलको स्वर्ण छिनोफानो हुँदैछ। उपाधिका लागि साविक च्याम्पियन ब्राजिल र स्पेनको यु-२३ टिम प्रतिस्पर्धा गर्दै छन्। ब्राजिल र स्पेनबीचको फाइनल भिडन्त शुक्रबार साँझ ५:१५ मा सुरु हुनेछ।

मेक्सीकोलाई पेन्लटी सुटआउटमा ४-१ ले पराजित गर्दै ब्राजिल फाइनल प्रवेश गरेको थियो। त्यस्तै‚ आयोजक जापानलाई अतिरिक्त समयमा १-० ले पाखा लगाउँदै स्पेनले ब्राजिलसँगको फाइनल भेट तय गर्‍यो। ब्राजिल लगातार दोस्रो स्वर्ण जित्ने धुनमा हुँदा स्पेन ५१ वर्षपछि ओलम्पिक स्वर्ण जित्नका लागि मैदानमा हुनेछ।

१९७० मा स्पेनले पोल्यान्डलाई हराउँदै स्वर्ण जितेको थियो। ब्राजिलले भने २०१६ मा घरमै आयोजनाका भएको अघिल्लो संस्करणमा जर्मनीलाई पराजित गर्दै स्वर्ण जितेको थियो। ओलम्पिकमा दुवै टिम उत्कृष्ट लयमा रहेका छन्।

फाइलनमा ब्राजिलको कप्तान ड्यानी अल्भेस,  स्ट्राइकर रिचार्लिसन लगायतको प्रदर्शनमा रहँदा स्पेन भने युरोकपका अधिकांश युवा स्टारलाई लिएर मैदानमा उत्रने छ। उसका ड्यानी ओल्मो,  मिकेल ओयासोबल,  पाओ टोरेस,  इसिरक गार्सिया, मार्को असेन्सियो, पेड्री लगायत युवा स्टार ब्राजिलविरुद्ध उत्रने छन्।

Sharing

प्रतिक्रिया दिनुहोस