• २०८३ जेष्ठ २४ गते आइतवार

थप चार हजार ४७२ थपिए, छ हजार ९५१ कोरोनामुक्त, ९२ को मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २४, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोनाभाइरसका चार हजार ४७२ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै नेपालमा कोरोना कुल सङ्क्रमित पाँच लाख ९१ हजार ४९४ जना पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा १२ हजार २ नमूनाको आरटीपीसीआर र पाचँ हजार ९०१ को एन्टिजोन परीक्षण गरिएको छ । हाल नेपालमा ८५ हजार ५४४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ९५१ जना सङ्क्रमित निको भएका छन् । हालसम्म नेपालमा चार लाख ९७ हजार ९६० जना कोरोनामुक्त भएका हुन् ।

पछिल्लो चौबीस घण्टामा ९२ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुने सात हजार ९९० पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस