जेष्ठ २४, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले कोरोना संक्रमणको तेस्रो लहरको पूर्वतयारी सुरु गरिएको बताउनुभएको छ । मन्त्री भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले मन्त्रालयले तेस्रो लहरको पूर्वतयारी सुरु गरेको जानकारी दिनुभयो ।
तेस्रो लहरमा बालबालिकालाई प्रभावित बनाउन सक्ने हुनाले सातै प्रदेशमा बालबालिकालाई चाहिने आवश्यक आईसीयु कक्षसहितको अस्पताल बनाउने तयारी सरकारले गरेको मन्त्री तामाङले जानकारी दिनुभयो । उहाले मन्त्रालयले गर्ने सबै काम पारदर्शी हुने बताउदैं निष्ठापूर्वक, नियमपूर्वक गर्दा पनि त्रुटि भयो भने खबरदारी गर्न आम नागरिकलाई अपिल समेत गर्नु भयो ।