जेष्ठ २४, काठमाडौँ । प्रदेश नं २ को प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक आज बस्ने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख डाक्टर राजेश अहिराजले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रदेश २ सरकारले प्रदेशसभाको चालु पाँचौ अधिवेशन अन्त्य गरेपछि बजेट अधिवेशन आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवका अनुसार बैठकमा दलका नेताहरूले शुभकामना दिने र आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आव २०७८र७९ का लागि तयार गरिएको पूर्वबजेटको दस्तावेज टेबल गर्ने कार्यसूची छ ।
प्रदेश सरकारले आर्थिक वर्षको बजेट असार १ गतेभित्र पेस गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ ।।