बैशाख २४, काठमाडौँ । नेकपा एमालेको प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेेेेपालले आज काभ्रेपलाञ्चोक जिल्लामा हेल्प डेक्स सञ्चालनमा ल्याएको छ । संघको केन्द्रीय कार्यालयको निर्देशन तथा योजना अनुरुप काभ्रेको वेथानचोक गाउँपालिका वडा नं। २ मा हेल्प डेक्स सञ्चालनमा ल्याइएको हो ।
सरकारले घोषणा गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै संघले स्यानेटाइजर, खानेपानी, माक्स, थर्मोगन लगायतका सामाग्रीहरु सहितको हेल्प डेक्स सञ्चालनमा ल्याएको छ ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्यहरु बेद प्रसाद तिमल्सिना, देब चन्द्र बाईवा, बडा २ का अध्यक्ष लक्ष्मण बाईवाको उपस्थिती रहेको थियो । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य माधब लामाको सक्रियता र नेतृत्वमा लकडाउन अबधीभरि रहनेछ ।
राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य समुन्द्र तिमल्सिनाले स्थानिय प्रशासनले जिम्मेवारी दिएमा संगठनले रात दिन नभनि निषेधाज्ञाको पुर्ण पालना गराउने र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै स्वयमसेवकका रुपमा सहयोग गर्ने बताए ।
जनचेतनामूलक समेत रहेको उक्त हेल्प डेक्सले कोरोना सम्बन्धी जनचेतना फैलाउने तथा निषेधाज्ञाको समयमा समस्यामा परेको आम नागरिकलाई सहयोग समेत गर्ने गरेको छ ।